Skip

Hamro Sanchar

यूएईमा ४ महिनामा ९३ नेपालीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २ गते


काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चार महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा ९३ जना नेपालीको मृत्यु भएको छ ।

यूएईको अबुधावीस्थित नेपाली दूतावासका अनुसार २०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

२०८२ साउनमा ३२, भदौमा १९, असोजमा २८ र कात्तिकमा १४ जना नेपालीको यूएईमा मृत्यु भएको हो । मृत्यु हुनेहरू सबै वैदेशिक रोजगारीको सिलसिलामा यूएई गएकाहरू हुन् ।

नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१र८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो । गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए ।

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।


प्रतिकृया दिनुहोस्