Skip

Hamro Sanchar

काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा मनाईंदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ११ गते


काठमाडौं, असोज ११- काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा मनाईंदैछ ।

इन्द्रजात्रा मनाउने भएपछि काठमाडौंका विभिन्न ठाउँमा आज सवारी साधन चलाउन रोक लगाइएको छ । काठमाडौं महानगरपालिकाद्वारा प्रकाशित सूचनामा आज इन्द्रजात्रा अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमनमा रोक लगाएको उल्लेख गरिएको छ ।

उक्त सूचनामा काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।जात्राको विशेष दिनहरूमा जात्रा हुने स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको महानगरको सूचनामा उल्लेख छ ।

आज बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुरसम्म सवारी साधन चलाउन पाइने छैन । असोज १२ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

त्यस्तै, असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने बताइएको छ ।


प्रतिकृया दिनुहोस्