Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

उम्मेदवार छनोटमा नेपाली कम्युनिस्ट पार्टीको नीति : यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ५ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आउँदै गरेका प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा कडा नीति अपनाएको छ।

निर्वाचनका लागि उम्मेदवारको योग्यता र मापदण्डसम्बन्धी आन्तरिक सर्कुलर जारी गर्दै उसले उम्मेदवारको योग्यता र मापदण्डमा कडाइ गरेको हो।

उम्मेदवार सिफारिस गर्दा आर्थिक तथा सामाजिक रूपमा स्वच्छ भएको हुनुपर्नेदेखि बलात्कारजस्ता नैतिक पतनका कसुरमा दोषी ठहर भएकासम्मलाई अयोग्य मान्न नेपाली कम्युनिस्ट पार्टीले सर्कुलरमा उल्लेख गरेको छ।

‘अदालतले भ्रष्टाचारमा दोषी ठहर गरी सजाय तोकेको हुन नहुने, जातीय, लैंगिक, धार्मिक, भाषिक वा कुनै सामाजिक भेदभावसम्बन्धी अपराधमा दोषी ठहर भएको हुन नहुने, घरेलु हिंसा, बालश्रम, मानव बेचबिखन, यौन उत्पीडनजस्ता नैतिक पतन देखिने मुद्दामा दोषी ठहर भएको हुन नहुने’, आन्तरिक सर्कुलरमा भनिएको छ, ‘हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना जेनजी युवा र एक महिलासहित बढीमा ५ जना सिफारिस गर्ने।’

हेर्नुहोस् निर्वाचनका लागि उम्मेदवारको योग्यता र मापदण्डका विषयमा नेपाली कम्युनिस्ट पार्टीले जारी गरेको आन्तरिक सर्कुलरस्

१। उम्मेदवारको योग्यता र मापदण्ड

आगामी माघ ११ मा हुने राष्ट्रिय सभाको निर्वाचन तथा फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले उठाउने उम्मेदवारहरूको योग्यता र मापदण्ड निम्नानुसार हुनुपर्नेछ।

क। आधारभूत कानुनी योग्यता · प्रतिनिधि सभा उम्मेदवारको लागि २५ वर्ष र राष्ट्रिय सभाको उम्मेदवारको लागि ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने।

(मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने।

(संविधान र कानुनले अयोग्य मान्ने हुन नहुने।

(राष्ट्रिय सभा, प्रदेश सभा, स्थानीय तहका पदमा वहालवाला हुन नहुने।

ख। आर्थिक स्वच्छता र पारदर्शिता

(अदालतले भ्रष्टाचारमा दोषी ठहर गरी सजाय तोकेको हुन नहुने।

(कर, राजस्व र सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने।

(कुनै पनि प्रकारको कालोसूचीमा नरहेको हुनुपर्ने।

(सम्पत्ति र आय स्रोतको घोषणा गर्न तयार हुनुपर्ने।

(कुनै कारोबारमा संलग्न भए कररराजस्वमा अद्यावधिक भएको हुनुपर्ने।

(निर्वाचन आयोगले तोकेअनुसार स्वघोषणा गर्न तयार हुनुपर्ने।

(पार्टीको आर्थिक अनुशासन पालना गरेको हुनुपर्ने।

ग। सामाजिक आचरण र व्यवहार

(सामाजिक आचरण र व्यवहार असल एवम् स्वच्छ हुनुपर्ने।

(जातीय, लैंगिक, धार्मिक, भाषिक वा कुनै सामाजिक भेदभावसम्बन्धी अपराधमा दोषी ठहर भएको हुन नहुने।

(घरेलु हिंसा, बालश्रम, मानव बेचबिखन, यौन उत्पीडनजस्ता नैतिक पतन देखिने मुद्दामा दोषी ठहर भएको हुन नहुने।

घ। राजनीतिक तथा वैचारिक प्रतिबद्धता

(राजनीतिक तथा वैचारिक रूपमा स्पष्ट र प्रतिवबद्ध हुनुपर्ने।

(पार्टीको नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध हुनुपर्ने।

(आन्दोलनमा निरन्तरता र योगदान गरेको हुनुपर्ने।

(सामाजिक रूपमा प्रतिष्ठित हुनुपर्ने।

(जनतामा लोकप्रिय हुनुपर्ने।

२। उम्मेदवारको सिफारिस

क। उम्मेदवारहरू सिफारिस गर्दा माथि उल्लेख गरिएका योग्यता र मापदण्डको साथै निम्न विषयमा ध्यान दिनुपर्ने छ।

(विषयगत अध्ययन, अनुभव र विज्ञता हुनुपर्ने।

(नीति निर्माण र कार्यान्वयन क्षमता हुनुपर्ने।

(सार्वजनिक संवाद कला हुनुपर्ने।

(राजनीतिक, सांगठनिक अनुभव हुनुपर्ने।

(विभिन्न संघर्षमा योगदान तथा अनुभव हुनुपर्ने।

३। सिफारिस गर्ने सङ्ख्या प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारको सिफारिस निम्नानुसारको सङ्ख्यामा गर्नुपर्ने छ।

क। प्रत्यक्षतर्फ

(हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना जेनजी युवा र एक महिलासहित बढीमा ५ जना सिफारिस गर्ने।

(सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए नभएको खुलाउने।

(सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्ने।

ख। समानुपातिकतर्फ

(एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा २ महिलासहित ४ जना सिफारिस गर्ने।

(एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना।

(सम्पर्क समन्वय प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने।

(उपत्यका विशेष प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने।

(प्रवास प्रदेशले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने।

(जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने।

(संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्ने।

(सहिदका परिवार, बेपत्ताका परिवार, द्वन्द्वपीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई प्राथमिकतापूर्वक सिफारिस गर्ने।

(एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने।

ग। राष्ट्रिय सभातर्फ

(राष्ट्रिय सभाको उम्मेदवारको सिफारिस प्रदेश र प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्षको सिफारिस जिल्ला तहबाट गर्ने।

(राष्ट्रिय सभाका लागि प्रदेशले यसपटक निर्वाचन हुने प्रत्येक क्लस्टरबाट बढीमा ५र५ जना सिफारिस गर्ने


प्रतिकृया दिनुहोस्