Skip

Hamro Sanchar

रविलाई बाजागाजासहित काठमाडौँमा स्वागत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ५ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बाजागाजासहित काठमाडौँमा स्वागत गरिएको छ।

शनिबार चितवनबाट काठमाडौँ आएका लामिछानेलाई रास्वपाका नेता तथा कार्यकर्ताले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरेका हुन्। उनलाई स्वागत गर्न रास्वपाका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए।

बुटवलको स्वर्णिम सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने शुक्रबार रिहा भएका थिए। उच्च अदालत, तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार, धरौटी र बिगो बराबरको रकम बुझाएर थुनामुक्त भएका हुन्।

उनी शुक्रबार रुपेन्देहीबाट चितवन गएका थिए। शनिबार चितवनबाट काठमाडौँ आएका हुन्।

 

 


प्रतिकृया दिनुहोस्