Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालेन लक्षित ओलीको टिप्पणी : देशका चर्चित भनेका मान्छे नसामा हुन्छन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १० गते


Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरू नसाबाट टाढा बस्नुपर्ने बताएका छन्।

आज काठमाडौँमा आयोजित एमालेको स्वयं सेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै युवालाई दुर्व्यसनमा फस्न नहुने बताए।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहतर्फ लक्षित गर्दै देशका चर्चित युवा नसामा उत्रिएको आरोप लगाए।

‘देशका चर्चित भनेका मान्छे नसामा उत्रिन्छन्। चर्चित बनाएका मान्छे नसामा हुन्छन्,’ ओलीले भने, ‘हाम्रा युवा त्यस्तो कुनै दुर्व्यसनमा छैनन।’

अध्यक्ष ओलीले दुर्व्यसन त्याग्न पनि आग्रह गरे। ‘मेरो भनाइलाई ईख मानेर (नसा) छोड्नुभयो भने म धेरै खुशी हुन्छु,’ उनले भने।

युवालाई दुर्व्यसनतर्फ नलाग्न ओलीले सुझाव दिए। एमाले स्वयं सेवकलाई स्वयं सेवक भएर काम गरिरहेको वेला पार्टीको प्रचार नगर्न पनि आग्रह गरे।


प्रतिकृया दिनुहोस्