Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौंकाे अरू ठाउँ राजनीतिक कार्यक्रम गर्न सानो भयो, खुलामञ्च खोलौ : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ५ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलामञ्च खुला गर्न सरकारसँग माग गरेका छन् । आज  काठमाडौंमा आयोजित एकता सन्देशसभामा उनले यस्तो बताएका हुन् ।

“सबैभन्दा पहिला त म नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नको लागि आग्रह गर्न चाहन्छु, जोडदार ढंगले सम्पूर्ण जनसमुदायको तर्फबाट तपाईंहरूलाई आग्रह गर्दछु,” उनले भने, “किनकि, यो नेपाल राष्ट्रकै निम्ति अपमानको विषयको हो ।”

एक लाख मानिस अट्ने मैदान नहुनु लज्जाको विषय भएको उनले उल्लेख गरे । उनले एक लाख मानिस राजनीतिक दलले उतारेर कार्यक्रम गर्न नपाउनु अपमानजनक विषय भएको बताए ।

काठमाडौं उपत्यकाका अरू स्थान राजनीतिक दललाई कार्यक्रम गर्न सानो भएको उनको भनाइ थियो । “एउटा एक लाख मानिस जम्मा भएर बस्ने चौर हामीकहाँ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ,” उनले भने, “महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधि र सरकारलाई सबैभन्दा पहिला जोडदार माग गर्न चाहन्छु ।”

संयोजक प्रचण्डले सबै कम्युनिस्ट एकताबद्ध हुनुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्