Skip

Hamro Sanchar

मलाई विभिन्न मुद्दा लगाएर जेल पठाउनेहरु हेलिकोप्टरमा झुन्डिएर भागे : रवि लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ५ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्धको षड्यन्त्रले कति पनि विचलित नभएको बताएका छन् ।

आज चितवनमा आफ्ना समर्थकलाई सम्बोधन गदैै उनले देशका निम्ति लड्दा आफूमाथि विभिन्न षड्यन्त्र भए पनि विचलित नभएको बताएका हुन् ।

‘जेनजी’को आन्दोलन र उनीहरूका मागप्रति आफ्नो समर्थन रहेको उनले उल्लेख गरे । जेनजीको आन्दोलनपछि बनेको सरकारले विचलित नभई चुनाव गराउनुपर्नेमा उनले जाड दिए । उनले वर्तमान सरकारलाई रास्वपाको पूर्ण समर्थन रहेको स्पष्ट पारे ।

आफूलाई ‘हेलिकोप्टरमा झुन्डिएर भाग्नेहरू’ले विभिन्न मुद्दा लगाएर जेल पठाएको उनले बताए । निर्वाचनमा त्यस्ता नेताहरूलाई शून्यमा झार्न उनले आग्रह गरे ।

उनले देशमा परिवर्तन चाहनेसँग सहकार्य गर्न छलफल भइरहेको बताए । यसनिम्ति आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको उनको भनाइ थियो ।


प्रतिकृया दिनुहोस्