काठमाडौं, असोज १०- संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ९ घर भएकी रत्नकुमारी तामाङको कुवेत पुगेको हप्ता दिनमै ज्यान गएको छ । घरेलु कामदारमा कुवेत पुगेकी उनि त्यहाँ पुगेपछि काममा गएकाे पहिलाे दिनमै स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुर्याइएको थियो । उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हाे ।
रत्नकुमारीको कुवेत पुगेको १ हप्तामै मृत्यु भएको हो ।
मृतक तामाङको शव मंगलबार राति कुवेतबाट नेपाल ल्याइएको बताइएको छ ।