Skip

Hamro Sanchar

दिनदाहाडै खुकुरी प्रहार गरी एक महिलाको हत्या, दुई जना गम्भीर घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ६ गते


दाङ, असोज ६- दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या भएको छ ।

शनिबार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराका अन्दाजी ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । खुकुरी प्रहारबाट खुकुरी प्रहारबाट स्थानीय अन्दाजी ६५ वर्षीया चन्द्रकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएका छन् ।

उनीहरूको हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

खुकुरी प्रहार गर्ने हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरबाट खुकुरी लिएर निस्किएका टेकबहादुरले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घरमा बसेर कपासको बत्ती काटिरहेकी रिता लामिछानेमाथि हमालले आक्रमण गरेका थिए ।


प्रतिकृया दिनुहोस्