आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विज्ञान चित्रकला प्रतियोगिताको उपाधि बिद्या आर्जनकी रोजिना श्रेष्ठलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ३ गते


Advertisement

काठमाडौं, असोज ३- एघारौँ राष्ट्रिय विज्ञान दिवसको अबसरमा काठमाडौको सेलेब्रेसनको एड स्कुलमा विज्ञान चित्रकला प्रतियोगिताको उपाधि बिद्या आर्जन स्कुल, मुलपानीकी रोजिना श्रेष्ठले हात पारेकी छिन ।

यो बर्षको विज्ञान दिवसको नारा “विज्ञान साक्षरता त उद्यमशिलताः सक्षम अर्थतन्त्रको आधारशिला” रहेको थियो । सो शिर्षकमा प्रतियोगिता बुधवार बिहान सम्पन्न भएको थियो ।

प्रतियोगितामा माध्यमिक र आधारभुत तहका काठमाडौ उपत्यकाका बिद्यार्थी सहभागी भएका थिए ।

धेरैभन्दा धेरै विद्यार्थीहरुको सहभागिता भएको सो कार्यक्रममा रोजीनाले प्रस्तुती, बिषयबस्तु, कौशल, रचनात्मकता, रङरोगन आदि बिधामा मुल्याङ्कन गरिएको प्रतियोगितामा अन्य प्रतिस्पर्धिलाई उछिनेर प्रथम भएकी हुन ।

बिबिध विषयलाई एउटा चित्रमा समयसिमा भित्र प्रस्तुत गर्नु पर्ने चुनौति भएपनि विद्यालयमा निरन्तर हुने आन्तरिक प्रतियोगिताहरुले उनलाई हौसला पाएको कुरा रोजिनाले सम्झिन् । सो कार्यक्रममा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत मुल आयोजक समितिको सदस्यको रुपमा विज्ञान शिक्षक समाज, नेपाल STAN रहेको थियो ।


प्रतिकृया दिनुहोस्