Hamro Sanchar

माइक्रोले अटोलाई ठक्कर दिँदा एक जनाको मुत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, ३१ गते


काठमाडौं,भदौ ३१– दाङको टरिगाउ एअरपोर्ट नजिकै माइक्रोले अटोलाई ठक्कर दिँदा तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ गोलौराका १३ वर्षका दामोदर भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिहान रा १ ह ४४५९ को अटोलाई लु २ ख ५९१८ नम्बरको माइक्रोले एअरपोर्ट नजिकै स्टारबोर्डिङ चोकमा ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका पाँच जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्