Hamro Sanchar

असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने नेपाल शिक्षक महासंघको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २९ गते


Advertisement

काठमाडौं, भदौ २९- नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने जनाएको हो ।

महासंघका अध्यक्ष कमला तुलाधरले बारम्बार सरकारसँग माग गरेको र वार्तामा भएको मागहरू सम्बोधन नभएकाले सडक आन्दोलन गर्न बाध्य भएको बताइन् । उनले पटक पटकको संवाद र छलफल पछि पनि सरकारले यो विधेयक मार्फत शिक्षक-कर्मचारीलाई धोका दिएको बताइन् ।

उनका अनुसार उक्त विधेयकले एकातिर स्थायी, अस्थायी करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत मुद्दाहरूलाई सम्बोधन गर्न सकेको छैन ।

‘अर्कातिर संविधान प्रदत्त ट्रेड युनियन अधिकार माथि पनि अङ्कुश लगाउन खोजेको छ,साथै यसले आम नेपाली शिक्षकरकर्मचारीको पेसागत सम्मान र सुरक्षामा समेत गम्भीर सङ्कट ल्याउने निश्चित छ, यी सबै समस्याहरूको एकमुष्ट समाधान गर्न नेपाल शिक्षक महासङ्घ कडा आन्दोलनमा जान बाध्य भएको छ, यसै कारण २०८० असोज ३ गतेबाट देश भरिका विद्यालय बन्द गरी काठमाडौंमा गरिने सडक आन्दोलन सहभागी हुन सबै शिक्षक९कर्मचारीहरूलाई आह्वान गरिएको छ,’उनले भनेकी छिन् । उनीहरूले विभिन्न १७ वटा मागहरू राखेका छन् ।


प्रतिकृया दिनुहोस्