Hamro Sanchar

दुखिको अभिभावक बन्दै अखिल भारतीय एकता मंच

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २६ गते


Advertisement

काठमाडौ । अखिल भारतीय नेपाली एकता मंच (अ भा ने )भारतमा रहेका प्र नेपालीहरुकाे अभिभाक बन्दै आएको छ ।

पन्जाब प्रान्तबाट नबराज सेढाईको संयोजकत्वमा रहेको (अ भा ने) भारतमा रहेर समस्यामा परेका नेपालिकाे सहारा बनेको छ ।

कामक लशिलामा भारतमा रहेका नेपालीहरुलाइ केही समस्या पर्दा बित्तिकै सम्झने नाम हो अखिल भारतीय नेपाली एकता मंच ।

यसै क्रममा हालसालै कामको शिलशिलामा भारत आएकि सल्यानकि तुल्सा ( नाम परिबर्तन ) लाई आर्थिक सहयोग गरेको सेढाईले बताएका छन् ।

 

आर्थिक अभावका कारण सुत्केरी ब्यथाले च्यापे पनि अस्पताल जान नसकेकी उनलाइ हरि भण्डारी, नवल केसि, र आफ्नो टिमले सम्पुर्ण आर्थिक सहयोग गरि सफलता पुर्बक अप्रेसन गराएको सेढाईले बताए

साथै अहिले बच्चा र आमाको स्वास्थ सामान्य रहेको समेत उनले बताएका छ्न । र आउने दिनहरुमा पनि साथ सहयोगको लागि आफूहरु सधै तयार रहेको सेढाईले बताए ।

अहिले देशमा वैदेशिक, रोजगारिको लागि पलायन हुने नेपालको सङ्ख्या बढे पनि भारतमा अन्य मुकुलको तुलनामा करिब ५०% नेपालीहरुले रोजगारीको लागि छिमेकी देश भारत नै रोज्ने गरेका छ्न ।

घरको आर्थिक अवस्था बदल्न छिमेकी मुलुक भारत आउने कयौं नेपालीहरु सोचे जस्तो काम र दाम नमिल्दा समस्यामा पर्ने गरेका छ्न।


प्रतिकृया दिनुहोस्