आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ग्लोकल टीन हिरो नेपालको उपाधि श्रुति तिवारीलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १७ गते


Advertisement

काठमाडौं, भदौ १७-ग्लोकल प्रा.लि.द्वारा आयोजित ‘ग्लोकल टीन हिरो २०२३’ को उपाधि श्रुति तिवारीले पाएकी छिन् ।

‘ग्लोकल टिन हिरो’ किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरूमाझ चिनाउने कार्यक्रम हो ।

शिक्षा, उद्यमशीलता, कूटनीति, एवम् अन्य विविध क्षेत्रका व्यक्तिको उपस्थितिमा शनिवार उक्त अवार्ड विजेताको घोषणा गरिएको हो । गोल्छा ग्रुपद्वारा प्रस्तुत नवौं संस्करणको ग्लोकल टिन हिरो अवार्ड कार्यक्रममा अन्तिम ६ प्रतिस्पर्धीहरूमा आर्यन सिग्देल, अतिथ अधिकारी, माधव खनाल, निराजन रिमाल, प्रीति पन्थ र श्रुति तिवारी रहका थिए ।

उपाधि विजेता श्रुति तिवारी समाजमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो समर्पणलाई देखाउँदै विभिन्न सामाजिक र वातावरणीय पहलमा सक्रिय छिन् ।


प्रतिकृया दिनुहोस्