
काठमाडौं, भदौ ८- काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनको गैरीगाउँमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।
घरेलु मदिरा उत्पादन गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले शुक्रबार ३०० लिटर तयारी मदिरा र एकहजार लिटर कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वडा प्रतिनिधि, आन्तरिक राजस्व कार्यालयको प्रतिनिधि र स्थानीयको उपस्थितिमा मदिरा नष्ट गरिएको हो ।


















