Skip

Hamro Sanchar

मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ४ गते


काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ सांसदले नै उनको पक्षमा मतदान गरेका हुन् । बहुमतका लागि ५४ मत मात्र आवश्यक रहे पनि उनको पक्षमा शतप्रतिशत सांसदले विश्वासको मत दिए ।

नेपाली कांग्रेसका यादवलाई एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेपाली कम्युनिष्ट पार्टी, नेपाल संघीय समाजवादी, संघीय समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपालले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि बैठक बोलाउन गत बुधबार प्रदेशसभा सचिवालयलाई पत्र लेखेका थिए ।

सात दलका ७७ सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेसको मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले मुख्यमन्त्रीमा नियुक्त भएका १५ दिनपछि विश्वासको मत लिएका हुन् ।

प्रदेश प्रदशे प्रमुख सुरेन्द्र ।लाभ कर्णले संविधानको धारा १६८ को २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।


प्रतिकृया दिनुहोस्