
बुटवल । जिल्ला अदालत रुपन्देही भैरहवा आएर रवि लामिछाने रिहा भएका छन् ।
जिल्ला अदालत रुपन्देहीले अदालतसमक्ष उपस्थित गराउन प्रहरीलाई आग्रह गरेपछि आएका उनले तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेका हुन् ।
रवि आज ९पुस ४० बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा आउने तयारीमा थिए ।
तर, गौतमबुद्ध विमानस्थलको भिजिबिलिटी कम भएर उडान नभएपछि भरतपुरसम्म विमान र त्यहाँबाट गाडीमा रुपन्देही आएका थिए । उनलाई नेपाल प्रहरीको रोहबरमा रुपन्देही भैरहवा ल्याइएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बिहीबार ९पुस ३० उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही आएका हुन् ।
रवि लामिछानेले अदालतमा कानुनी प्रकृया गर्दैगर्दा समर्थकहरुले रविको पक्षमा प्रदर्शन गरेका छन् ।

















