Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि लामिछाने रिहा भएलगत्तै पार्टीको जिम्मेवारीमा फर्किने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ४ गते


Advertisement

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने रिहा भएलगत्तै जिम्मेवारीमा फर्किने भएका छन् ।

कार्यवाहक सभापति डिपी अर्यालले विज्ञप्ति जारी गर्दै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका छन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको छ ।’

 

सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको शृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको शृङ्खलालाई पूर्णविराम लगाउने छ भन्ने विश्वास पार्टीले लिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भएर निरन्तर खबरदारी गर्नुहुने देश–विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली तथा विभिन्न अभियानमार्फत् न्यायका पक्षमा उभिएर सन्देश दिनुहुने पार्टी सदस्य एवं समर्थक(शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्दछौँ


प्रतिकृया दिनुहोस्