Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अमेरिकाले एकैदिन थप ७५ नेपालीलाई फर्कायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ४ गते


Advertisement

काठमाडौँ । अमेरिकाले अवैध रुपमा बस्दै आएका तथा कानुनको परिपालन नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ ।

बिहीबार दिउँसो उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाएको हो ।

बिहीबार डिपोर्ट हुनेमा ३ महिला छन् भने ७२ जना पुरुष छन् । उनीहरू अधिकांश तल्लोबाटो (अवैध बाटो) हुँदै अमेरिका गएकाहरू रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए ।

डिपोर्ट हुनेमा २ जना भिजिट भिसामा बस्नेहरू पनि छन् । त्यस्तै ३० वर्षदेखि अमेरिका बस्दै आएका तर, पीआर कार्ड नवीकरण नभएका एक व्यक्ति पनि डिपोर्ट भएका छन् ।

‘यसरी फर्किनेमा भिजिट भिसामा पुगेकाहरू पनि छन् । कोही ७ महिना जेल बसेका, कोही २ वर्षसम्म जेल बसेकाहरू पनि छन्,’ पंगेनीले भने, ‘पीआर कार्ड रिन्यु नभएका व्यक्ति पनि फिर्ता भएका छन् ।’

उनका अनुसार यसरी फर्किएकाहरूले एक करोड रुपैयाँसम्म बिचौलियालाई बुझाएर अमेरिका पुगेको बयान दिएको उनको भनाइ छ । यसरी डिपोर्ट भएकाहरूलाई अध्यागमन कार्यलयले बुझ्ने र थप अनुसन्धानका लागि ब्युरोमा बुझाउने बुझाउँछ ।

अमेरिकाको राष्ट्रपति पदमा ड्रोनाल्ड ट्रम्प निर्वाचित भएयता मात्रै ३० महिलासहित ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन् । ट्रम्पले २०२५ जनवरी २० गतेदेखि अमेरिका सत्ता सम्हालेका हुन् ।

ब्युरोले दिएको जानकारीअनुसार पछिल्लो ७ वर्षमा ६६६ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । यसअघि भदौ १९ गते अमेरिकाले ३७ नेपालीलाई डिपोर्ट गरेको थियो । त्यसअघि गत जेठ २५ गते पनि अमेरिकाले ३७ जनालाई नै डिपोर्ट गरी नेपाल पठाएको थियो ।

ट्रम्प राष्ट्रपति चयन भएसँगै आप्रवासी कडाइ गर्ने घोषणा गरेका थिए । अमेरिकी प्रशासनले एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार बढीलाई देश निकाला गर्ने जनाएको थियो ।


प्रतिकृया दिनुहोस्