Skip

Hamro Sanchar

आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि गोकर्णेश्वरका विद्यालय चार दिन बन्द

प्रदिप नेपाली प्रकाशित : २०८० साउन, २९ गते


काठमाडौं, साउन २९- आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय चार दिनका लागि बन्द गरिएको छ ।

देशव्यापी रुपमा फैलिएको आँखा पाक्ने, रातो हुने जस्ता लक्षण भएका बिरामी बढेकाले विद्यालयहरु बन्द गरिएको नगरप्रमुख दिपक कुमार रिसालले हाम्रोसंचारलाई जानकारी दिए ।

नगरप्रमुख रिसालका अनुसार विभिन्न विद्यालय, शैक्षिक संस्थासँग आबद्ध व्यक्ति र स्वास्थ्यकर्मीहरुको संयुक्त छलफल पश्चात् साउन ३० गतेदेखि चार दिनसम्मका लागि सामुदायिक र स‌ंस्थागत विद्यालयहरु बन्द गरिएको हो ।

आँखा पाक्ने रोगबाट बालबालिका बढी प्रभावित भएका छन् । नगरपालिकाका वडास्तरका आधारभूत स्वास्थ्य सेवा केन्द्र र नगरपालिकाले सञ्चालन गरेको गोकर्णेश्वर नगर अस्पतालमा आँखा पाक्ने समस्याका बिरामी बढी आउने गरेका पाइएको छ ।

नगरप्रमुख रिसालले आँखा पाक्ने रोगसँग सचेत रहन नगरबासीलाई अनुरोध पनि गरेका छन् ।


प्रतिकृया दिनुहोस्