Skip

Hamro Sanchar

बौद्धनाथ क्षेत्र विकास समितिद्धारा छात्रवृत्तिको सार्वजनिक आव्हान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २५ गते


काठमाडौं, साउन २५- श्री बौद्धनाथ क्षेत्र विकास समितिले कक्षा ११ मा अध्ययनरत छात्रछात्राका लागि छात्रवृत्तिको सार्वजनिक आव्हान गरेको छ । छात्रवृत्ति बितरण व्यवस्थापन उप समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर-६ र यस वडासँग सिमाना जोडिएका निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतका नगरपालिकाका वडाभित्र रहेका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने ३७ जना छात्रछात्रालाई छात्रवृत्तिको लागि सार्वजनिक सूचना जारी गरेको हो ।

गरिव, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीले श्रावण मसान्त सम्म नियमपूर्वक दरखास्त दिन सक्नेछन् । दरखास्त समितिको कार्यालयमा दिनु पर्नेछ ।


प्रतिकृया दिनुहोस्