काठमाडौं, साउन २४- गायिका एलिना चौहान र गायक खेम सेन्चुरि कुवेत पुगेका छन् । लुम्बिनी समाज नेपाल कुवेतको ‘लुम्बिनी मेघा म्युजिक शो’का लागि उनीहरु बुधबार बिहान कुवेत पुगेका हुन् ।
कलाकारद्धय चौहान र सेन्चुरि स्थानीय समयअनुसार बिहान १०:३० बजे कुवेत पुगेका हुन् ।
लुम्बिनी समाज नेपाल कुवेतले आउँदो शुक्रबार त्यहाँको इन्डियन सेन्ट्रल स्कुलको हल जिलिबमा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।