आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

उमंगा क्रियसनको आयोजनामा ‘मिस यूनिभर्स नेपाल–२०२३’ घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ११ गते


Advertisement

काठमाडौं, साउन ११ उमंगा क्रियसन प्रालिको आयोजनामा ‘मिस यूनिभर्स नेपाल–२०२३’ घोषणा गरिएको छ ।

बिहिवार काठमाडौंको पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको घोषणा गरिएको हो । यो मिस यूनिभर्सको फ्रेन्चाइजी अन्तर्गत स्वतन्त्र राष्ट्रिय प्रतियोगिताको चौथो संस्करण हो । कार्यक्रममा उमंगा क्रियसनका प्रबन्ध निर्देशक उद्धव अधिकारी तथा राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले विश्वभर आफ्नो खुबी प्रस्तुत गर्ने नयाँ अवसर आएको बताए ।

‘मिस यूनिभर्स नेपाल’ मा सहभागी हुन चाहने प्रतियोगिका लागि उचाई र तौलको मापदण्ड तय गरिएको छैन । यस्तै, यो प्रतियोगीतामा ट्रान्स वुमन, गैरआवासीय नेपाली, विवाहित महिला तथा आमाहरुले समेत सहभागिता जनाउन सक्नेछन् । ‘मिस यूनिभर्स नेपाल २०२३’ को विजेताले ‘७२औं मिस यूनिभर्स’ को भव्य मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । यो प्रतियोगितामा सहभागिता जनाउनका लागि मिस यूनिभर्सको वेबसाइटमा गएर वा खल्ती एप प्रयोग गरि आफ्नो नाम दर्ता गर्न सकिनेछ ।

यो प्रतियोगितामा सहभागिताका लागि जुन १५ देखि अगष्ट ३ सम्म नाम दर्ता गर्न सकिने छ । ४ अगष्टमा आयोजकले क्वाटर फाइनलको घोषणा गर्नेछन् भने १४ अगष्टमा सेमिफाइनलिस्टको घोषणा गर्ने आयोजकले जनाएको छ । मिस यूनिभर्सको फाइनलमा पुग्नका लागि निर्णायकहरुको स्कोर र फ्यानको भोटले महत्वपूर्ण भूमिका खेल्नेछ । सेप्टेम्बर ८ मा ‘मिस यूनिभर्स नेपाल २०२३’ को घोषणा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । विजेताले क्राउन र इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नेछिन् । विजेतासँगै चार उपविजेता पनि घोषणा गरिने छ ।

विजेताले नोभेम्बर १८ मा एल साल्भाडोरमा आयोजना हुने ‘७२ औं मिस यूनिभर्स’ मा नेपालको प्रतिनिधीत्व गर्दै विश्वकै चर्चित सौन्दर्य प्रतियोगिताको ताज जित्ने अवसर पाउनेछन् । मुख्य उपाधिसँगै मिस इको इन्फिनिटी, मिस आइसीटी, मिस लाइफस्टाइल ब्यञ्जन, सामाजिक प्रभाव नेता, मार्टिनी सन एन्जल, मिस फ्रि र फियरलेस विधामा पनि प्रतियोगिहरुलाई पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन् ।


प्रतिकृया दिनुहोस्