दोहा । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारको २०२३ – २०२५ कार्यकालका लागी सचिब पदमा अग्नि धर देवकोटाले सार्वजनिक रुपमा उम्मेद्बारी घोषणा गरेका छन ।
पोखरा महानगर पालिका-१८ प्रस्यांगका देवकोटा एक दशक भन्दा वढी समय कतारमा कार्यरत छन । कस्की आदर्श समाज कतारका अध्यक्ष रहेका उनले कतारमा स्थापित नेपाली समुदायसंग सहकार्य गर्दै अगाडि वढिरहेको छन् ।
सामाजिक यात्रा आफ्नो भुमिकालाई अझै ससक्त गराउननेतृत्त्व तहमा रहेर आफुले समाजमा गरेको कार्य अनुभबका आधारमा सचिब पदमा उम्मेद्बारी दियको देवकोटाले बताए ।
सामाजिक गतिविधिमा आफुले सक्दो आर्थिक नैतिक र भौतिक सहयोग मुख्य प्राथमिकता, श्रमिक मैत्री र आर्थिक पारदर्शितामा प्रमुख लक्ष्य राखेका छन ।
सामाजिक उदेश्य पूरा गर्न जितकाअ लागी सहयोग माग्दै गैरआवासीय नेपाली अभियान्ता ज्यूहरु, कतारमा स्थापित सम्पूर्ण नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु एबम बुद्धिजीवी,पत्रकार,कलाकार,ब्यबसायी तथा सामाजिक अभियान्ता ज्यूहरु सबैमा साथ सपोर्ट सहयोग लागि हार्दिक अपिल पनि गरेका छन।