Skip

Hamro Sanchar

इन्डोनेसियामा भीषण बाढी-पहिरोमा परि मृत्यु हुनेको संख्या ४४२ पुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १४ गते


काठमाडौं । इन्डोनेसियाको सुमात्रा द्वीपमा बाढी र पहिरोमा परी मृत्यु भएकाको संख्या ४४२ पुगेको छ।

अधिकारीहरूका अनुसार सुमात्रामा राहत र उद्धार कार्य जारी छ। धेरै क्षेत्रमा सडक विच्छेद भएका छन्।

धेरै ठाउँमा इन्टरनेट र बिजुली आपूर्ति आंशिक रूपमा मात्र पनस् सञ्चालन गरिएको छ।

बीबीसीका अनुसार दक्षिणपूर्वी एसियाका धेरै भाग मनसुनी वर्षा र चक्रवातबाट गम्भीर रूपमा प्रभावित छन्।

इन्डोनेसियाका साथै मलेसिया, श्रीलंका र थाइल्यान्डमा पनि भारी वर्षा र बाढीले ठूलो क्षति भइरहेको छ।

थाइल्यान्डमा बाढीले हालसम्म मृत्युको संख्या १७० पुगेको छ भने उत्तरी मलेसियाली राज्य पेर्लिसमा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।


प्रतिकृया दिनुहोस्