Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गोवाको नाइटक्लबमा विस्फोट हुदा २५ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २१ गते


Advertisement

काठमाडौं । भारतको गोवा प्रदेशमा पर्ने अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार मध्यराति भएको सिलिन्डर विस्फोटमा मृत्यु भएकाको संख्या २५ पुगेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा ६ जना घाइते भएका छन्। मृतकमा ४ पर्यटक र १४ जना कर्मचारी छन् भने अन्य ७ जनाको पहिचान हुन सकेको छैन। अहिलेसम्म मृतकको नाम पनि सार्वजनिक भइसकेको छैन।

प्रहरीका अनुसार सिलिन्डर विस्फोट शनिबार राति १२ बजेतिर भएको थियो।

विस्फोट यति शक्तिशाली थियो कि आगो केही मिनेटमै क्लबभरि फैलियो। लामो प्रयासपछि दमकलले आगो नियन्त्रणमा ल्यायो।

घटनाको जानकारी पाएपछि गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय विधायक माइकल लोबो घटनास्थलमा पुगेका थिए।

प्रारम्भिक अनुसन्धानले क्लबमा अग्निसुरक्षा नियम पालना नगरिएको देखाएको छ।

वरिष्ठ प्रशासन अधिकारीहरू घटनास्थलमा छन् र फोरेन्सिक (एफएसएल)टोलीले आगलागीको कारण अनुसन्धान गरिरहेको छ।


प्रतिकृया दिनुहोस्