काठमाडौं, असार ६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा रहेको श्री आनन्द भैरव माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा सरस्वती थापा कार्की नियुक्त भएकी छन् । कार्कीलाइ विद्यालय व्यवस्थापन समितिले मंगलबार प्रअमा नियुक्त गरेको हो ।
प्रचलित शिक्षा ऐन तथा नियमावली बमोजिम सोहि विद्यालयको मावि इन्चार्जसमेत रहेकी कार्कीलाई प्रधानाध्यापक नियुक्त गरिएको हो । यसअघि विद्यालयले प्रधानाध्यापक पदमा विज्ञापन खुलाएको थियो ।
प्रधानाध्यापकमा नियुक्त भएकी कार्कीले विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकासमा जोडदिने बताएकी छन् । ‘मेरो मुख्य प्राथमिकता शैक्षिक गुणस्तर नै हो, ‘उनले भनिन्, ‘त्यसपछिको विद्यालयको विकास सबै मिलेर गर्नुपर्छ र नमुना बनाउनु पर्छ ।’ विद्यालयले स्थानीय शिक्षकलाई प्रअको रुपमा पाएपछि विद्यालयको वृद्धि विकासमा अपेक्षा गरिएको छ । उनलाई बुधवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक र अभिभावकले स्वागत तथा शुभकामना दिएका थिए ।
प्रअमा नियुक्त कार्की कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीकी धर्मपत्नीसमेत हुन् ।