
काठमाडौं, जेठ ३१- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पार्टीको कार्यवाहक सभापति तोकिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा सिंगापुर गएपछि उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति देउवा मंगलबार राति सिंगापुर प्रस्थान गरेका छन् ।
उनी नियमित फलोअपका लागि सिंगापुर गएका हुन् । उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन् ।
उनी नफर्कुन्जेलसम्माका लागि पार्टीको विधानअनुसार खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
देउवा करिब एक सातापछि स्वदेश फर्कने उनको सचिवालयले जानकारी दिएको छ ।