Hamro Sanchar

इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री महत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, २३ गते


काठमाडौं, जेठ २३- अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी स्वार्थमा भएकाहरु आफ्ना पछि लागेको बताएका छन् ।

प्रतिनिधिसभामा उठेका विषयमा स्पष्टीकरण दिँदै उनले भने, “इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो ।”

उनले इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ भन्ने अहिले देखिएको बताए ।

“विचौलियालाई छेउमा पनि आउन दिएको छैन,” उनले भने, “विभिन्न फोरमबाट सुझाव दिए । हामीले सुनेका पनि छौँ । इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दोरहेछ । एउटा पत्रिकाले समाचार पटक पकट दोहोर्याउँछ । हामी त्यसलाई सत्यता ठान्छौँ । तर हामी कसम खाएर बसेकालाई पत्याउदैनौँ ।”


प्रतिकृया दिनुहोस्