Hamro Sanchar

संघीयता नै जोखिममा पर्ने अवस्था देखियो : माधव नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १ गते


काठमाडौं, जेठ १- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन् ।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको बताए । उनले अब कम्युनिष्ट पार्टीहरु एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले कम्युनिष्टहरु एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले विकासलाई अघि बढाइरहेपनि चाहे अनुसारको विकास हुन नसकेको बताए । अध्यक्ष नेपालले समाजमा विकृति र विसंगतिको चाङ रहेको भन्दै यसलाई उखेलेर फाल्नुपर्ने बताए ।

अध्यक्ष नेपालले नेपाली समाज अफ्ठ्यारो स्थितिबाट अघि बढीरहेको बताए ।


प्रतिकृया दिनुहोस्