Hamro Sanchar

चर्णावतीको जेष्ठ नागरिक भवन संचालनका लागि रकम जुटाउन महायज्ञ हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ३१ गते


दोलखा, बैशाख ३१- दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ स्थित चर्णावतीमा सुविधा सम्पन्न जेष्ठ नागरिक सेवा भवन सञ्चालन लागि रकम जुटाउन महायज्ञको तयारी भएको छ । चर्णावतीस्थित त्रिवेणीधाममा यही जेठ ७ गतेबाट १५ गतेसम्म देवी भागवत् महापूराण ज्ञान महायज्ञ लगाउन लागिएको हो ।

महायज्ञ सञ्चालनका लागि तयारी तिब्र पारिएको छ ।

चर्णावती त्रिवेणी धामलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न र जेष्ठ नागरिक सेवा भवनलाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि चर्णावती त्रिवेणी धाममा महायज्ञ लगाउन लागिएको चर्णावती त्रिवेणी विकास तथा प्रबर्द्धन समितिले जनाएको छ ।

महायज्ञ प्रचारप्रसार समितिका संयोजक संयोजक शिव कुमार भुजेलका अनुसार महायज्ञमा संस्कृतबिद् बिदुषि प्राध्यापक डाक्टर कान्ता भट्टराईले कथावाचन गर्नेछन् ।

चर्नावतीमा संघीय सरकारको करिब ३ करोड, प्रदेश सरकारको २५ लाख र गाउँपालिकाको करिब १० लाख लगानीमा निर्माण भएको जेष्ठ नागरिक भवन सञ्चालनको तयारी गरिएको हो । १८ कोठा रहेको जेष्ठ नागरिक भवनमा एउटा भान्साकोठा, ३ वटा हल, ५ वटा शौचालय रहेको छ । आर्थिक बर्ष २०६९÷०७० बाट जेष्ठ नागरिक सेवा भवन निर्माणको कार्य सुरु भएपनि भुक्तानीमा ढिलाई हुँदा निर्माण कार्य चालु बर्ष मात्रै निर्माण सम्पन्न भएको हो ।

जेष्ठ नागरिक सेवा भवनमा जिल्लाभरका जेष्ठ नागरिक तथा असहाय जेष्ठ नागरिकलाई राखिने गरी सेवा सुबिधा थप गर्ने तयारी गरिएको चर्णावती त्रिवेणी विकास तथा प्रबद्र्धन संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले जानकारी दिए ।

भवनमा जेष्ठ नागरिक र जेष्ठ असहाय नागरिक गरी ४० जना राख्ने गरी तयारी गरिएको छ ।

महायज्ञबाट करिब १ करोड संकलन हुने लक्ष्य राखिएकोे छ ।


प्रतिकृया दिनुहोस्