रामेछाप, बैशाख ३०- तामाकोशीमा पौडी खेल्ने क्रममा बुधबार अपराह्नदेखि बेपत्ता भएका रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ कल्चुडेका २१ वर्षीय अनुज पौडेलको शव भेटिएको छ । मन्थली नगरपालिका-७ ढिकुरी मन्दिर भन्दा केही तल निर्माणधिन पक्कि पुल नजिक पौडेलको शव फेला परेको हो ।
भटौलीको मुगिटार नजिकैबाट पौडी खेल्न तामाकोशीमा पसेका पौडेलको स्थानीय र सुरक्षाकर्मीले खोजी कार्य जारी राखेका थिए ।
मृतक पौडेल अनेरास्ववियु खाँडादेवी गाँउपालिका कमिटी सचिवसमेत हुन् ।