
काठमाडौं । भारतमा उपचारपछि राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति स्वदेश फर्किएका छन् । भारतको दिल्लीस्थित एम्स अस्पतालमा दुई हप्ता उपचार गराएर आइतबार राति उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्किएका हुन् ।
पेटमा मसस्या देखिएपछि सुरुमा उनको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि ६ वैशाखमा एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो ।
सुरुमा आईसीयूमा राखेर उनको उपचार भएको थियो । उपचार गराएर राष्ट्रपति पौडेल स्वस्थ भई स्वदेश फर्किए पनि उनको स्वास्थ्य समस्याबारे भने केही खुलाइएको छैन ।