Hamro Sanchar

इजरायल पठाइदिन्छु भन्दै ४८ लाख ठगी गर्ने महिला पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १३ गते


काठमाडौं, वैशाख १३- काठमाडौँबाट एक महिला प्रकाउ परेकी छिन् । इजरायल पठाउने लोभ देखाएर ४८ लाख रूपैयाँ ठगी गर्ने महिलालाई प्रहरीले हिजो (मंगलबार) प्रकाउ गरेको हो ।

प्रकाउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौंको कपन बस्दै आएकी ३२ वर्षीया हरीकला दाहाल रहेकी छिन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले दाहाललाई काठमाडौंको चाबाहिलबाट वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूबाट पटकपटक गरी ४८ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रकाउ गरेको थियो ।

त्यस्तै उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।


प्रतिकृया दिनुहोस्