Hamro Sanchar

कीर्तिपुरस्थित त्रिवि परिसरबाट चितुवा नियन्त्रणमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १० गते


काठमाडौँ । कीर्तिपुर क्षेत्रमा चितुवाले हैरान गरेपछि वन कार्यालयले ट्रयापमा पारेर चितुवालाई नियन्त्रणमा लिएको छ । चितुवा नियन्त्रणमा लिन वन कार्यालयले उपलब्ध गराएको खोरमा प्रहरी र स्थानीयले कुखुरा राखेका थिए ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कम्पाउण्ड भित्रको जंगलबाट चितुवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । सो चितुवा वन कार्यालयले चिडियाखानामा लैजाने तयारी गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्