Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुडानमा भएको हिंसात्मक लडाइँमा मृत्यु हुनेको सङ्ख्या १ सय ८५ पुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ५ गते


एजेन्सी । सुडानको राजधानी खार्तुममा भएको हिंसात्मक लडाइँमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ८५ जना पुगेको छ । संयुक्त राष्ट्र सङ्घका अनुसार तीन दिनको लडाइँमा एक हजार ८ सय जनाभन्दा धेरै घाइते भएका छन् ।

सुडानमा सेना र अर्धसैनिक बलबीच शनिवारदेखि झडप हुँदै आएको छ । सुडानका लागि युरोपेली सङ्घका राजदूत एडन ओहाराको खार्तुममा रहेको घरमा पनि आक्रमण भएको बीबीसीले जनाएको छ ।

निरन्तर लडाइँ भैरहँदा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खार्तुमका नौ वटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको जनाएको छ । सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद रहेको छ ।

सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा सेना र अर्धसैनिक बल (आर.एस.एफ) बीच मुख्य विवाद छ।


प्रतिकृया दिनुहोस्