Hamro Sanchar

८ मन्त्रालय पाएको कांग्रेसले दियो ४ मन्त्रीको नाम

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १७ गते


काठमाडौं । नेपाली कांग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ । पार्टीभित्र भागवण्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् । स्रोतका अनुसार उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् ।

रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने पक्का भएको छ । कांग्रेसले ८ मन्त्रालय पाएको छ । तर शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरुको नियुक्ति रोकिएको छ ।


प्रतिकृया दिनुहोस्