Hamro Sanchar

गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १३ गते


काठमाडौं । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । कुटपिटको आरोपमा एक व्यक्तिले उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका हुन् ।

गायक दुर्गेशले आफू भोलि प्रहरी कार्यालयमा उपस्थित हुने प्रहरीलाई जानकारी गराएका छन् । दुर्गेश उपस्थित भएपछि आरोपित र उनीसित छलफल गरी थप प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जन भट्टले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्