Hamro Sanchar

कागेश्वरी मनोहरा-७ मा प्रत्येक बुधबार खोप कार्यक्रम हुँने, अन्य के-के पाइन्छ स्वास्थ्य सेवा ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १ गते


Advertisement

काठमाडौं, चैत १- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ ले चैतदेखी प्रत्येक बुधबार खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नियमित खोप सेवा कार्यक्रममार्फत् हरेक बुधबार वडा कार्यालयमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको वडाअध्यक्ष भिमसेन थापाले जानकारी दिए । कार्यक्रमका लागि आवश्यक तयारी पुरा भैसकेको वडाध्यक्ष थापाको भनाई छ ।

यसका साथै वडा कार्यालयमा अबदेखी हरेक आइतबार गाउँघर क्लिनिक र सामान्य उपचार, सोमबार टिबी र सामान्य उपचार सेवा, मंगलबार गर्भवती जाँच र सामान्य उपचार सेवा, बुधबार खोप तथा पोषण र सामान्य उपचार सेवा, बिहिबार परिवार नियोजन र सामान्य उपचार सेवा तथा शुक्रबार नियमित सामान्य उपचार सेवा प्रदान गरिने छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ कार्य गरिरहेकोले उक्त खोप सेवा कार्यक्रममा सहभागी भई सेवा लिन सेवाग्राहीलाई आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्