Skip

Hamro Sanchar

पत्रकारलाई एमाले मतदान स्थलमा रोक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १ गते


काठमाडौँ । नेकपा एमालेको जारी ११औं महाधिवेशनको मतदान स्थलमा पत्रकारहरूलाई रोक लगाइएको छ।

पत्रकारहरूलाई भोलेन्टियर फोर्सका कार्यकर्ताले ‘कमान्डरको आदेश लिएर आउन’ भन्दै निषेध गरेका हुन्।

पत्रकारहरूलाई मिडिया सेन्टरबाट मतदान स्थलतर्फको रिपोर्टिङ गर्न लगाइएको हो। महाधिवेशन स्थल भृकुटीमण्डपको गेटछेवैमा रहेको मिडिया सेन्टरबाट अन्यत्र जान दिइएको छैन। मिडिया सेन्टरमा पनि दिउँसो २ बजेपछि मात्रै प्रवेश दिइएको हो।

नेकपा एमालेको महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावमा होमिएका छन् ।


प्रतिकृया दिनुहोस्