Hamro Sanchar

ओली भन्छन् : सत्ता प्राप्ति र टिकाउनका लागि एमाले कतै लाग्दैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि भएको दाबी गरेका छन् । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सत्ता प्रात्तिका लागि लत्रिएर नजाने बताए । उनले भने, ‘सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि राष्ट्रिय हित र गौरवलाई छोडेर लत्रिएर त्यसरी एमाले जाँदैन । राष्ट्रियताको साचो रक्षक हो यो ।’

यस्तै अध्यक्ष ओलीले समस्या रहेको भन्दै ती समस्याको समाधान नेकपा एमालेले गर्ने बताएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो जिम्मेवारी एमालेको काँधमा आएको बताएका हुन् । गौरव र स्वाभिमानको पक्षमा रहेको भन्दै एमाले राष्ट्रियताको साँचो प्रतिनिधि र रक्षक भएको बताए । अध्यक्ष ओलीले मातृभूमिको रक्षा गर्ने एमालेमात्र भएको भन्दै समानता, स्वाधीनता र स्वतन्त्रताको पहुँचको सुनिश्चितबाट जनता वञ्चित भएको ओलीको भनाई छ ।

उनले समाजवाद धेरैले भन्ने गरेपनि त्यसको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षलाई समेटेर मात्रै समाजवाद र समृद्ध नेपाल सुखी नेपालीको यात्रामा अघि बढ्नुपर्ने बताएका छन् । अध्यक्ष ओलीउनले अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको मात्रै मूलधार नभएर नेपालको राजनीतिमै अत्यन्तै महत्त्वपूर्ण भूमिका र गौरवपूर्ण इतिहास बोकेको प्रगतिशील संगठन भएको बताए । ‘योसँग अरु कुनै विद्यार्थी संगठनको तुलना हुँदैन’, अध्यक्ष ओलीले अनेरास्ववियु सकारात्मक उदाहरण हुनुपर्ने पनि बताए ।


प्रतिकृया दिनुहोस्