आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सोमबार रातिदेखि वर्षा र हिमपातको सम्भावना

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ८ गते


Advertisement

काठमाडौं, माघ ८- उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।

अहिले तराई क्षेत्रमा भने हल्का हुस्सु र कुहिरो लागेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

हाल काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको मौसमविद् शाक्यले जानकारी बताइन् । तर यो तापक्रम विस्तारै घाम लागेसँगै बढ्दै जानेछ ।

तराईका केही भूभागमा हुस्सु र कुहिरो तथा हिमाली क्षेत्रमा हिमपातले दैनिक जनजीवन प्रभावित भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

भोलि सोमबार मौसम बदली भइ सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा वर्षा तथा उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै पर्सि मंगलबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।


प्रतिकृया दिनुहोस्