Hamro Sanchar

नेपालगञ्जबाट काठमाडौं उडेको श्रीएयरको विमान झापामा अवतरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ६ गते


काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्रीएयरलाइन्सको विमान झापाको चन्द्रगढी एयरपोर्टमा अवतरण गरेको छ ।

शुक्रबार बिहान करिब ७:३० बजे उडेको उक्त एयरलाइन्सको क्यू-४०० विमान खराब मौसमका कारण काठमाडौं बस्न नसकेको हो । चन्द्रगढी विमानस्थल एयर ट्राफिक कन्ट्रोल स्रोतका अनुसार बिहान काठमाडौंको भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुन सकेन ।

‘काठमाडौंमा ल्याण्ड हुन नसकेपछि । अन्यत्र कहीँको एयरपोर्ट खुलेको थिएन । हाम्रोमा मात्र खुलेको थियो । त्यही भएर यहाँ अवतरण भएको हो । केहीबेरअघि काठमाडौंका लागि उडिसकेको छ ‘, ती अधिकारीले नेपाल प्रेससँग भने ।

उक्त विमान ८०-८२ सीटको भएको बताइएको छ । बिहानदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलसँगै धेरै आन्तरिक विमानस्थलको उडान प्रभावित भएको छ ।

 


प्रतिकृया दिनुहोस्