Hamro Sanchar

माघ मसान्तभित्र शुल्क विवरण बुझाउन निजी विद्यालयलाई काठमाडौं महानगरको निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ४ गते


काठमाडौं। काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरुलाई शैक्षिक सत्र २०८० को लागि शुल्क प्रस्ताव पेश गर्न निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले विद्यालयले प्राप्त गरेको विद्यालय वर्गीकरणको श्रेणी अनुसारको आधारमा २०७९ माघ मसान्तभित्र शुल्क प्रस्ताव पेश गर्न निर्देशन दिएको महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताए।

शिक्षा अधिकारी सुवेदीका अनुसार माघ मसान्तभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित विभागमा शुल्क प्रस्ताव पेश गर्न महानगरभित्र सञ्चालित सबै विद्यालायहरुलाई निर्देशन दिइएको हो ।


प्रतिकृया दिनुहोस्