Hamro Sanchar

कारागारमा रहेका श्रीमानलाई छुटाइदिने भन्दै वेश्यावृत्तिमा लगाउने ३ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २७ गते


काठमाडौं । पर्सामा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–१५ स्थित रानीपोखरी होटलका प्रबन्धक ५४ वर्षीय अनिलकुमार अरोडा, सोही होटलका वेटर महोत्तरी गौशाला नगरपालिका–११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ र लमजुङ राईनास नगरपालिका–४ बस्ने ३२ वर्षीय डोलनाथ कट्टेल रहेका छन् ।

होटलको कोठामा एक महिलालाई कारागारमा रहेका श्रीमानलाई छुटाइदिने भन्दै झुठ्ठा आश्वासन र प्रलोभन समेत देखाई वेश्यावृत्ति गर्न बाध्य पारेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । फक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्