Hamro Sanchar

प्रतिनिधिसभाको दोस्रो बैठक मंगलबार बिहान ११ बजे, प्रधानमन्त्रीले विश्वासको मत लिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २५ गते


Advertisement

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यही बैठकबाट प्रतिनिधिसभाको विस्वासको मत लिने जानकारी गराएका छन् ।

प्रधानमन्त्रीका रुपमा समर्थन दिएका दलका सांसदहरुको पनि विश्वासको मत दिएपछि प्रधानमन्त्रीलाई संसद्ले म्याडेट दिएको प्रमाणित हुन्छ ।

विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्री पद गएर नयाँ प्रधानमन्त्रीको प्रक्रिया सुरु हुनेछ । विश्वासको मत पाएमा भने प्रधानमन्त्रीका रुपमा देशको कार्यकारी नेतृत्व गरेर अघि बढ्न प्रचण्डलाई वैधानिक बाटो खुला हुनेछ ।


प्रतिकृया दिनुहोस्