Hamro Sanchar

सरकारमा जानेबारे निर्णय भएको छैन, कुनै पार्टीसँग एकता हुँदैन : नेकपा एस

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १४ गते


Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पार्टीसँग एकताको सम्भावनालाई खारेज गरेका छन् । नेकपा एस एमालेमा समाहित हुनेगरी छलफल चलिरहेको बेला प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले बजार हल्लाको भ्रममा नपर्न भनेका छन् ।

उनले बिहीबार वक्तव्यमार्फत पार्टी सुदृढिकरणको योजना बनाइरहेको भन्दै तत्कामलै पार्टीका बैठकहरु आयोजना हुने बताएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि पार्टीले निर्णय नगरेको प्रष्ट पारेका छन् ।


प्रतिकृया दिनुहोस्