Hamro Sanchar

सरकार गठनबारे देउवा र प्रचण्डबीच आज पनि छलफल हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ९ गते


काठमाडौं । सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आजपनि छलफल हुने भएको छ। शुक्रबार भएको छलफल निष्कर्षविहीन बनेपछि आज पुनः छलफल हुने भएको हो।

दुवै नेताबीच शुक्रबार साँझ पनि छलफल भएको थियो। छलफलमा दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि शुक्रबार साँझ सहमति हुन नसकेको हो। प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन्। तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन्।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय भोलि सकिँदै छ। राष्ट्रपति भण्डारीले गत आइतबार ९पुस ३० साँझ ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी थिइन्। राष्ट्रपतिले दिएको समयसीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनुपर्ने हुन्छ।


प्रतिकृया दिनुहोस्