Hamro Sanchar

बिहानैदेखि राहदानी विभागमा सेवाग्राहीहरूको भीड

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ८ गते


काठमाडाैं, पुस ८- राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ ।

केही दिन यता काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो । आज शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी लिइरहेको देखिउकाे छ । शुक्रबार राहदानी लिनका लागि बसेको लाइनले राहदानी लिन अझै पनि घण्टौं लाइन लागेर विभिन्न समस्या व्यहोर्नुपरेको यथार्थलाई पुष्टि गरेको छ ।

छिटो पालो पाउनका लागि शुक्रबार बिहानदेखि त्रिपुरेश्वर पुग्ने गरेका नागरिकहरू उल्लेख्य रहेका छन् । राहदानी विभागले यहि पुस ५ गतेदेखि अपराह्न साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ सुरू गर्ने समय निर्धारण गरेको छ । यसअघि दैनिक ११ बजेदेखि बुकिङ सुरू हुने गरेको थियो ।

सेवाग्राहीलाई सहज बनाउन राहदानी विभागले अनलाइनबाट सेवा दिने भने पनि अनलाइन सेवा चुस्त नहुँदा झनै समस्या परेको सेवाग्राहीहरूकाे गुनासाे छ ।


प्रतिकृया दिनुहोस्