Hamro Sanchar

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता रवि लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ४ गते


Advertisement

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गरेको छ । पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदीय दलको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सभापति लामिछाने निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ ।


प्रतिकृया दिनुहोस्